यसपालिको मनसुन शुरू भएयता एक महिनामा ६७४ विपद्का घटना भएका छन् भने २६ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।
काठमाडौँ– यस वर्षको मनसुन शुरू भएयता (जेठ १५ गतेदेखि असार १६ गतेसम्म) देशभर ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा परी ३१ जनाले ज्यान गुमाएका छन् भने ११२ जना घाइते भएका छन्।
प्राधिकरणको तथ्यांकअनुसार, यस अवधिमा पहिरोका ८७ वटा घटना भएका छन्। यी पहिरोका कारण २५ घरमा आंशिक र ११ घरमा पूर्ण क्षति भएको छ।
यसका अतिरिक्त, एउटा पुल, सातवटा गोठमा क्षति पुगेको छ भने १४ वटा चौपाया मरेका छन्। पहिरोबाट कुल दुई करोड २१ लाख रुपैयाँ बराबरको आर्थिक क्षति अनुमान गरिएको छ।
यसैगरी, बाढीका ६४ वटा घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बाढीका कारण १२३ परिवार प्रभावित भएका छन् र चार वटा घरमा क्षति पुगेको छ।
चट्याङका ८२ वटा घटनामा आठ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। हुरीका ४५ वटा घटनामा एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको प्राधिकरणले जनाएको छ।
मनसुनजन्य विपद्का समग्र घटनाहरूबाट कुल २६ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
