साँघुरो गोरेटोमा गोठाला र वस्तुभाउ हिँड्ने गर्थे। अहिले विभिन्न स्थानमा विश्रामस्थल, पदमार्ग र काठेपुल निर्माण भएपछि गोठाला र पर्यटकलाई सहज भएको छ।
ढोरपाटन– पाँच वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन गुमनाम जस्तै थियो। किनभने बुकीपाटन पुग्न निकै समस्या थियो।
साँघुरो गोरेटोमा गोठाला र वस्तुभाउ हिँड्ने गर्थे। आन्तरिक तथा बाह्य पटक फाट्टफुट्ट मात्रै जाने गर्थे। तर पछिल्लो समय बुकीपाटनमा पर्यटकको चहलपहल बढ्दै गएको छ। पर्यटकको रोजाइमा बुकीपाटन पर्न थालेपछि यसवर्ष विभिन्न स्थानमा विश्रामस्थल, पदमार्ग र काठेपुल निर्माण गरिएको छ।
ढोरपाटन उपत्यकादेखि बुकीपाटनको गर्पाछेडा जोड्ने पदमार्ग निर्माण भएपछि पर्यटक र गोठालेलाई सहज भएको छ। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको २० लाख रुपैयाँले पदमार्ग लगायतका पूर्वाधार निर्माण गरिएको हो।
साँघुरो गोरेटोमा यात्रा गर्दा पर्यटक लड्ने र घाइते हुने गर्थे। पदमार्ग निर्माण भएपछि उक्त समस्याको समाधान हुन थालेको छ। उद्योग तथा पर्यटन कार्यालय बागलुङमार्फत पदमार्ग निर्माण भएको हो। ढोरपाटन नगरपालिका–९ पाखाथरदेखि गर्पाछेडासम्मको पाँच किलोमिटर पदमार्ग उपभोक्ता समितिमार्फत निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिए।
“बुकीपाटन पुग्न पर्यटकको सहजताका लागि यो पदमार्ग निर्माण गरिएको हो, काम सकिएर अहिले पर्यटकहरू उक्त पदमार्गमा हिँड्न थालेका छन्, पहिले साह्रै अप्ठ्यारो हुँदा यात्रा गर्न समस्या रहेछ,” उनले भने, “अब सहज भएको छ, ठाउँ–ठाउँमा विश्रामस्थल र काठका पुल बनेका छन्, यसले पर्यटकको यात्रालाई थप रमणीय र आरामदायी बनाउने छ।”
बुकीपाटन हिउँदमा खाली हुने र वर्षामा गोठला वस्तुभाउ लिएर जाने गरेका छन्। पछिल्लो समय ढोरपाटन आउने अधिकांश पर्यटक बुकीपाटन पुग्ने गरेको ढोरपाटनका होटल व्यवसायी जीवन अदैले जानकारी दिए।
वर्षौदेखि गोठाला बस्ने बुकीपाटनमा अहिले पर्यटक जान थालेपछि वर्खायाममा चहलपहल बढेको उनको भनाइ छ। बुकीपाटनमा पर्यटक जान थालेपछि गर्पाछेडामा गोठस्टे सञ्चालन गर्न थालेको अदैले बताए।
“बुकीपाटनमा पहिले गोठला र हजारौँको संख्यामा भेडाबाख्रा र गाईभैँसी हुन्थे, अहिले धेरैभन्दा धेरै पर्यटक जान थालेका छन्, ढोरपाटन उपत्यकादेखि गर्पाछेडा पुग्ने गोरेटो निकै साँघुरो र अप्ठ्यारो थियो, समय–समयमा गोठाला र वस्तुभाउ लडेर घाइते हुने गर्थे, यसवर्ष पदमार्ग बनेको छ, अब पर्यटकले जोखिम मोलेर यात्रा गर्न पर्ने छैन,” अदैले भने।
उनका अनुसार तीन स्थानमा काठेपुल, तीन स्थानमा विश्रामस्थलसमेत निर्माण गरिएको छ। गत जेठ पहिलो सातादेखि नै पर्यटक बुकीपाटन पुग्न थालेका छन्।
समुन्द्र सतहदेखि करिब चार हजार ५०० मिटरको उचाइसम्म रहेको बुकीपाटनसँगै टीकाधार, फागुने, गर्पाछेडालगायत स्थानमा पनि पर्यटकको चपहपहल बढेको ढोरपाटनका तिलबहादुर पुनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
