ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते, १ गम्भीर

वडाध्यक्ष रत्नबहादुर खत्रीका अनुसार स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा हस्तबहादुरसहित पाँच जना घाइते भएका छन्। 

काठमाडौँ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन्। 

वडाध्यक्ष रत्नबहादुर खत्रीका अनुसार स्थानीय हस्तबहादुर कटुवालको घर पहिरो पुरिँदा हस्तबहादुरसहित पाँच जना घाइते भएका छन्। 

घाइते हुनेमा हस्तबहादुर, उनकी श्रीमती ठगमाया, छोरा जगत, बुहारी सरस्वता र छोरी सम्झना छन्। ठगमायाको अवस्था गम्भीर रहेको र अन्य चार जनाको अवस्था सामान्य रहेको छ।

मंगलबार राति १ बजेतिर घरमाथि रहेको कुलो थुनिएर भल खेतमा पस्दा पहिरो गएको थियो।