कञ्चनपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार ठक्कर दिने जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

कञ्चनपुर– वेदकोट नगरपालिका–३ दैजी बजारमा जिपले ठक्कर दिँदा ४१ वर्षीय दीपक चन्दको मृत्यु भएको छ। 

मोटरसाइकलमा सवार चन्दलाई विपरीत दिशाबाट आएको जीपले मंगलबार राति ठक्कर दिएको थियो।  गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार ठक्कर दिने जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

भीमदत्त नगरपालिका–४ गोवरियाका स्थायी बासिन्दा चन्द दैजीमा हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए।