सबै उपसमूहसहित ३४ अंकले बढ्यो नेप्से

आज १.२९ प्रतिशतको वृद्धिपछि नेप्से २,६९४.८२ को बिन्दुमा कायम भएको हो।

काठमाडौँ– शेयरबजार परिसूचक नेप्से बुधबार ३४.४२ अंकले बढेको छ। आज १.२९ प्रतिशतको वृद्धिपछि नेप्से २,६९४.८२ को बिन्दुमा कायम भएको हो।

आज ३१७ कम्पनीको तीन करोड एक लाख ८२ हजार ३४१ कित्ता शेयर ८९ हजार ४६८ पटक खरिदबिक्री हुँदा नौ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँ बराबरको कारोबार भएको छ।

सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा बढी जीवन बिमा समूह २.८३, निर्जीवन बिमा २.५१ र विकास बैंक समूह २.३१ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ २.३६, वित्त २.९९, लगानी १.०१, व्यापार १.७६ र अन्य समूह ०.९१ प्रतिशतले बढेको छ। उत्पादन तथा प्रशोधन ०.६९, लघुवित्त ०.५६, होटल तथा पर्यटन ०.७१, जलविद्युत् ०.४७ र म्युचुअल फन्ड ०.०६ प्रतिशतले बढेको छ।

आजको कारोबारमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ।