बांग्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना मुद्दामा छ महिनाको जेल सजाय सुनाइएको छ।
काठमाडाैँ– बांग्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना मुद्दामा छ महिनाको जेल सजाय सुनाइएको छ।
अपदस्थ तथा स्वनिर्वासित प्रधानमन्त्री हसिनालाई बुधबार देशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बुधबार उक्त सजाय सुनाएको हो। मुद्दाका अर्का अभियुक्त शकील अकन्द बुलबुललाई दुई महिनाको जेल सजाय सुनाइएको छ।
बांग्लादेशमा तत्कालीन सरकार विरुद्धको विरोध प्रदर्शनपछि गत वर्ष जुलाईमा हसिनाले सत्ता छोड्नु परेको थियो। त्यसपछि, उनलाई कुनै पनि मुद्दामा सजाय सुनाइएको यो पहिलो पटक हो।
प्रमुख अभियोजक ताजुल इस्लामले पत्रकार सम्मेलनमा भने, "यो सजाय उनले (शेख हसिना) आत्मसमर्पण गरेको दिनदेखि वा प्रहरीले उनलाई पक्राउ गरेको दिनदेखि लागू हुनेछ।" यसअघि प्रमुख अभियोजक इस्लामले शेख हसिनाविरुद्ध अदालतको अवहेलनाको उजुरी दायर गरेका थिए।
गत वर्ष शेख हसिनाको अडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएको थियो र त्यसपछि बांग्लादेशी मिडियाले पनि प्रसारण गरेका थिए। उक्त अडियो क्लिपमा शेख हसिना कथित रूपमा गोबिन्दगञ्ज उपजिल्ला अध्यक्ष शकील बुलबुलसँग कुरा गरिरहेकी हुन्छिन्। जसमा उनले भनेकी छन्, "मेरो विरुद्ध २२७ मुद्दा दर्ता भएका छन्, त्यसैले मलाई २२७ जनाको हत्या गर्ने लाइसेन्स मिलेको छ।"
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले शेख हसिनाको बयानलाई अवज्ञाको रूपमा लिएको थियो र उनलाई अदालतको अवहेलना गरेकोमा दोषी ठहराएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
