विसं २०६६ देखि ०७५ सम्म बैंकको अध्यक्ष रहेका पशुपति दयाल मिश्र अहिले नेकपा (एमाले)का केन्द्रीय सदस्य हुन्।
बाँके– नेपालगन्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्रलाई प्रहरीले बुधबार धम्बोझी चोकबाट पक्राउ गरेको छ।
मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा लिएको सीआईबीका प्रहरी उपरीक्षक तथा प्रवक्ता युवराज खड्काले जानकारी दिए।
“बैंकको घोटला प्रकरणमा उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो,” प्रवक्ता खड्काले भने।
विसं २०६६ देखि ०७५ सम्म बैंकको अध्यक्ष रहेका मिश्र अहिले नेकपा (एमाले)का केन्द्रीय सदस्य हुन्। मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं २ बाट उम्मेदवार थिए। स्वतन्त्र राजनीतिक समूहबाट प्रतिस्पर्धा गरे पनि पराजित भएका उनी पछि एमाले प्रवेश गरेका थिए।
मिश्रसँगै सो ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ। यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परिसकेका छन्। पक्राउ परेकाविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
उक्त बैंकमा अहिलेसम्म रु दुई अर्ब ५० करोड हिनामिना भएको भन्दै उजुरी परेको थियो। बैंक सञ्चालक समिति अध्यक्ष डा ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानविन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
