एमसीए–नेपालले सडक मर्मत आयोजना अन्तर्गत सडक व्यवस्थापनसम्बन्धी प्राविधिक सहायता परामर्श सेवा खरिद गर्न बुधबार नै बोलपत्र आह्वान गरिसकेको छ।
काठमाडाैँ– अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपालमा गरिरहेको अनुदान सहयोगलाई निरन्तरता दिने भएको छ। अमेरिकी सरकारबाट यस्तो निर्णय भएको मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले जनाएको छ।
एमसीए–नेपालले अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिनेसम्बन्धमा अमेरिकी सरकारबाट भएको निर्णयको स्वागत गरेको छ।
एमसीए–नेपालले २९७ किमी विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मत लगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग निकटतापूर्वक काम गरिरहेको छ। एमसीए–नेपालले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी हुनुपूर्व नै अगाडि बढिसकेको तीन वटा सबस्टेसन एवम् १८ किमी सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।
"एमसीए–नेपाल नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्त्वपूर्ण प्रभाव पार्ने यी पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न प्रतिबद्ध छ र यस कम्प्याक्ट कार्यान्वयनका लागि एमसीसीको निरन्तर साझेदारीका लागि हार्दिक आभार प्रकट गर्दछ," एमसीए–नेपालको वेबसाइटमा लेखिएको छ।
यससँगै एमसीए–नेपालले सडक मर्मत आयोजना अन्तर्गत सडक व्यवस्थापनसम्बन्धी प्राविधिक सहायता परामर्श सेवा खरिद गर्न बुधबार नै बोलपत्र आह्वान गरिसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
