उनी आफ्ना भाइ आन्द्रेसँगै कारमा यात्रा गरिरहेका थिए, दुर्घटनामा २६ वर्षका आन्द्रेको पनि मृत्यु भएको बताइएको छ। जोटाले दुई हप्ताअघि मात्रै विवाह गरेका थिए।
काठमाडाैँ– कार दुर्घटनामा परेर लिभरपुल फुटबल क्लबका पोर्चुगिज फरवार्ड २८ वर्षीय डियोगो जोटाको निधन भएको छ। उत्तरी स्पेनको एक सडकमा उनी सवार सुपर कार दुर्घटनाग्रस्त हुँदा बिहीबार उनको मृत्यु भएको हो।
उनी आफ्ना भाइ आन्द्रेसँगै कारमा यात्रा गरिरहेका थिए, दुर्घटनामा २६ वर्षका आन्द्रेको पनि मृत्यु भएको बताइएको छ। आन्द्रे पनि फुटबल खेलाडी हुन्। लिभरपुल क्लबले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको छ। लिभरपुल एफसीको विज्ञप्तिमा भनिएको छ– "लिभरपुल फुटबल क्लब डियोगो जोटाको दुखद निधनबाट स्तब्ध छ।"
पूर्व फुटबल प्रशिक्षक तथा खेलाडी गेरी नेभेलीले पनि घटनाप्रति दु:ख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, "डियोगो र उनका भाइको बारेमा हृदयविदारक खबर सुनियो। उहाँको परिवारप्रति मेरो माया।"
जामोरा प्रान्तको ऐतिहासिक शहर भल्लाडोलिडबाट लगभग ७० माइल पश्चिममा पर्ने ए–५२ सडकमा ओभरटेक गर्ने क्रममा ल्याम्बोर्गिनीको टायर पड्किएर दुर्घटना भएको अनुमान गरिएको छ। सडकबाट तल खसेको कारमा आगो लागेको थियो। स्पेनको यो सडक उत्तरी पोर्चुगलबाट बाहिर निस्कने चालकहरूले लिने प्रमुख मार्ग हो।
दुई हप्ताअघि मात्रै जोटाले आफ्नो बाल्यकालदेखिको प्रेमिका रुट कार्डोसोसँग विवाह गरेका थिए। बिहेपूर्व नै उनीहरूका तीन सन्तान जन्मिसकेका थिए। बिहे लगत्तै तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै जोटाले आफूलाई संसारकै सबैभन्दा भाग्यमानी पुरुषको रूपमा वर्णन गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
