बिहीबार अघिल्लो दिनको तुलनामा कारोबार रकम केही घटे पनि नेप्से परिसूचक ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा उक्लिएको छ।
काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ सय बिन्दुमाथि पुगेको छ। बुधबार ३४.४२ अंकले बढेर २६९४.८२ अंकमा रोकिएको नेप्से आज ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा पुगेको हो।
आज अघिल्लो दिनको तुलनामा कारोबार रकम भने केही घटेको छ। बुधबार ९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको शेयर खरिद-बिक्री भएकोमा आज ९ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको मात्र कारोबार भएको छ। आज कुल ३११ स्टकका २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता शेयर खरिद-बिक्री भए।
आज सेन्सेटिभ इन्डेक्स २.१९, फ्लोट इन्डेक्स १.०२ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८५ अंकले बढेको छ।
समूहगत उपसूचकहरूमध्ये होटल तथा पर्यटन, जलविद्युत्, लगानी, लघुवित्त र व्यापार समूहको उपसूचक घटेका छन्। यी समूह क्रमशः ०.०७, ०.५९, ०.७७, ०.२२ र १.२९ प्रतिशतले घटेका हुन्। यस्तै, बैंकिङ ०.३१, विकास बैंक १.२०, वित्त ४.०९, जीवन बीमा २.६२, उत्पादन तथा प्रशोधन ०.३९, म्युचुअल फन्ड १.१४, निर्जीवन बीमा २.२४ र अन्य समूहको उपसूचक ०.०३ प्रतिशतले बढेका छन्।
आज नेपाल फाइनान्सको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ। खानीखोला हाइड्रो पावर, समृद्धि फाइनान्स, भुगोल इनर्जी विकास कम्पनी र सयपत्री हाइड्रोको शेयर मूल्यमा पनि उल्लेख्य वृद्धि देखियो। यस्तै, सप्तकोशी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा बिहीबार बुटवल पावर कम्पनीको ३१ करोड ६८ लाख ८७ हजार ७८९ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने लक्ष्मी सनराइज बैंक लिमिटेड प्रमोटर शेयर १४ लाख १७ हजार ८३६ कित्ता खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
