एसीसी पुरुष यू१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले सिंगापुरसँग खेल्ने भएको छ।
काठमाडौँ– एसीसी पुरुष यू१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले सिंगापुरसँग खेल्ने भएको छ। उक्त खेल मलेसियामा शनिबार बिहान ७ः४५ बजे शुरू हुने छ।
नेपालले बिहीबार भएको सेमिफाइनल खेलमा मलेसियालाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो। मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो। यस्तै, सिंगापुरले हङकङलाई ४ विकेटले हराएर नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो। हङकङले दिएको १६९ रनको लक्ष्य सिंगापुरले ३८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
नेपालले यसअघि समूह चरणको खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो। समूह चरणमा नेपालले भुटानलाई २९८ रनले तथा इन्डोनेसियालाई ३७० रनले पराजित गरेको थियो।
यसैगरी सिंगापुरले समूह चरणका खेलमा भुटानलाई २२६ रनले, जापानलाई तीन विकेटले तथा इन्डोनेसियालाई नौ विकेटले पराजित गरेको थियो।
नेपाल समूह चरणका चारवटै खेल जितेर समूह ‘ए’को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो। उक्त समूहबाट दोस्रो स्थानमा रहँदै सिंगापुर पनि सेमिफाइनलमा पुगेको हो। यस्तै, समूह ‘बी’बाट हङकङ शीर्ष स्थानमा रहँदै तथा मलेसिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेका थिए।
नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो। नेपालले सन् २०२३ मा भएको प्रतियोगितामा फाइनलमा मलेसियालाई हराउँदै उपाधि जितेको थियो। एशियाली क्रिकेट परिषद् (एसीसी)को आयोजनामा जारी प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी थिए। समूह ‘ए’मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार रहेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
