पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश

पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश जारी गरेको छ।

काठमाडौँ– पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश जारी गरेको छ। बिहीबार जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

उनलाई प्रहरीको साइबर ब्युरोले साइबर अपराधको मुद्दा चलाएको थियो। ब्युरोले तीन दिनअघि उनलाई फरार प्रतिवादी बनाइ मुद्दा दायर गरेको थियो। पत्रकार पाठक बिहीबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए।

हिल्टन होटलमा कांग्रेस सभापति शेरबहादुर देउवा एवं परराष्ट्रमन्त्री आरजु राणा देउवाका पुत्र जयवीर देउवाको लगानीसम्बन्धी सामग्री प्रसारण गरेपछि पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो।