रुसको कुर्स्क क्षेत्रमा भिडन्तका क्रममा रुसी नौसेनाका उपप्रमुख मिखाइल एभगेनिभिच गुडकोभको मृत्यु भएको छ।
रुसको कुर्स्क क्षेत्रमा जारी भिडन्तका क्रममा नौसेनाका उप-कमान्डरका रूपमा कार्यरत एक उच्च पदस्थ रुसी जनरल मेजर जनरल मिखाइल एभगेनिभिच गुडकोभको मृत्यु भएको रुसी अधिकारीले बिहीबार बताएका छन्।
सन् २००० देखि सेनामा कार्यरत ४२ वर्षीय गुडकोभलाई सन् २०२३ मा राष्ट्रपति भ्लादिमिर पुटिनले ‘हिरो अफ द रसियन फेडेरेसन’ घोषणा गरेका थिए। उनी सन् २०२२ को फेब्रुअरीमा मस्कोले युक्रेनमाथि आक्रमण शुरू गरेयता मारिएका वरिष्ठ रुसी सैन्य अधिकारीहरूमध्ये एक हुन्।
सरकारी समाचार संस्था आरआईएले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै लेखेको छ, “सन् २०२५ जुलाई २ मा कुर्स्क क्षेत्रको एक सीमा क्षेत्रमा युद्ध अभियानको क्रममा मेजर जनरल मिखाइल एभगेनिभिच गुडकोभ मारिनुभएको हो।”
रुसको सुदूरपूर्वको प्रिमोरी क्षेत्रका प्रमुख ओलेग कोझेम्याकोले गुडकोभ ‘अफिसरको रूपमा आफ्नो कर्तव्य पूरा गर्ने क्रममा मारिएको’ बताए। कोझेम्याकोले गुडकोभसँग आफूले वर्षौंदेखि ‘धेरै’ कुरा गरेको स्मरण गर्दै उनलाई ‘बलियो योद्धा’को संज्ञा दिए।
उनका अनुसार गुडकोभ रुसी सुदूरपूर्वमा रहेको प्यासिफिक क्षेत्रको १५५औँ 'गाड्र्स नेभल इन्फेन्ट्री ब्रिगेड'का पूर्व कमान्डर हुन्। गभर्नरले गुडकोभ रुसी नौसेनाको उपकमान्डर बनेपछि पनि ‘व्यक्तिगत रूपमा’ रुसी नौसेनाको गतिविधिमा सक्रियताका साथ काम गर्दै आएको जनाए।
युक्रेनी सेनाले सन् २०२२ मा शुरू भएको रुसको पूर्ण अभियानको प्रतिक्रिया स्वरूप गत वर्ष कुर्स्कको ठूलो भाग कब्जा गरेको थियो। गत अप्रिलमा रुसले उक्त क्षेत्र पूर्णरूपमा कब्जामा लिएको बताएको थियो, तर सीमा क्षेत्रमा भिडन्त अझै जारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
