भक्तबहादुरले विशेषगरी विजयसालको काठ र बाँसबाट गिलास, जग, बोतल, अम्खोरा, कचौरा, फुलदानी, मसलादानी बनाउने गर्छन्। यी सामान बिक्रीबाट खर्च कटाएर महिनामा ३० देखि ४५ हजार रुपैयाँ आम्दानी हुने गरेको छ।
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको कार्यमा पोख्त छन्।
काष्ठकलाका सामग्री बनाउन उनले तालिम लिएर सिकेका भने होइनन्। युट्युबमा राखिएका भिडियो हेर्दै काष्ठकलासम्बन्धीका सामग्री निर्माण गर्ने सीप सिकेका हुन्। आठ कक्षामा पढ्दै गरेका बेला १७ वर्षको उमेरमा विद्यालय छाडेपछि उनी काठको काममा संलग्न भए। काठका फर्निचर बनाउने गाउँकै व्यक्तिसँग मजदुरी थाले। एक–दुई वर्षमै हाउस डेकोरेसन सिके।
“हाउस डेकोरेसनको कार्यमा कहिले काम पाइन्थ्यो, कहिले पाइँदैनथ्यो,” उनी भन्छन्, “गतिलो कमाई नहुँदा त्यो कार्य छाडने निधो गरेँ, मोबाइलमा काष्ठकलासम्बन्धीका युट्युबमा भिडियो हेरेँ र नयाँ कुरा सिकेँ।” आफन्तबाट रकम सापटी लिएर काठ खरिद गरी काष्ठकलाका कार्य गर्न थाले।
युट्युबमा काष्ठकालाका कार्य गरेर गतिलो आम्दानी भएको हेर्थे। त्यही हेरेर सामग्री निर्माण गर्न सिकेका थिए। व्यवसायलाई अगाडि बढाउने आवश्यक पुँजी भने थिएन। आफन्तसँग लिएको सापटी रकम विजयसालको काठ खरिद गर्नमै सिद्धिएको थियो। व्यवसायलाई अगाडि बढाउन मेसिन खरिदसँगै आवश्यक औजार खरिद गर्ने पैसा थिएन। उनले सहकारीबाट सस्तो ब्याजमा ऋण लिए।
“त्यही पैसाले काष्ठकलाका सामग्री बनाउन औजार र मेसिन तथा सामुदायिक वनबाट काठ खरिद गरेँ, त्यस पछि काष्ठकलाका सामग्री बनाउने र बेच्ने कार्यमा निरन्तर लाग्दै आएँ,” उनले सुनाए।
महराले विशेषगरी विजयसालको काठ र बाँसबाट गिलास, जग, बोतल, अम्खोरा, कचौरा, फुलदानी, मसलादानी बनाउने गर्छन्। खर्च कटाएर महिनामा ३० देखि ४५ हजार रुपैयाँ आम्दानी हुने गरेको छ।
यसैले परिवारको खर्च चल्दै आएको छ। कर्जा लिएको रकममध्ये ६० हजार रुपैयाँ किस्ता पनि तिरिसके। उत्पादन गरिएका काष्ठ र बाँसका सामग्री कम्तीमा ५०० र बढीमा २ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेका छन्।
पहिले उनले उत्पादन गरेका सामग्री काठमाडौँ, बुटवल, नेपालगन्जसम्म पुर्याएर बेच्ने गर्थे। व्यापारीहरूले सामान लग्ने तर भुक्तानी समयै नदिने हुँदा अहिले महेन्द्रनगर, धनगढी, झलारीलगायत बजारमा उनले बेच्दै आएका छन्। माग बढी हुँदा काम गर्न भ्याइनभ्याई हुन्छ। एउटा सामग्री उत्पादन गर्दा ३० प्रतिशत लागत खर्च लाग्ने गरेको छ। ७० प्रतिशतसम्म नाफा हुन्छ।
काम सिक्दै गर्दा कुरा सुनाउने घरकै सदस्य र आफन्त अहिले काम गरेको देखेर छक्क पर्छन्। महराका श्रीमती स्थानीय निजी विद्यालयमा शिक्षिका हुन्। विद्यालय समयअघि र पछि उनले पनि रङरोगन गर्ने, पोलिस गरी चम्काउने कार्यमा साथ दिन्छिन्।
काष्ठकलाका कामले नै समाजमा पहिचान बनाएकाले पहिलेको जस्तो उत्पादित सामग्री खोज्दै हिँड्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ। घरमै पुगेर व्यापारीहरूले सामग्रीको माग गर्छन् र सोहीअनुसार बनाएर दिने गरेका छन्। ग्राहकले हाताहाती रकम दिने भएकाले बेच्ने झन्झट छैन। भविष्यमा यसलाई ठूलो उद्योगका रूपमा विस्तार गर्ने उनको सोच छ।
“सँगैका साथी युरोप र कोरियातर्फ गए, म यहीँ काम गर्न थालेँ,” उनी भन्छन्, “विदेशमा गएका साथीहरू पनि अहिले व्यवसायले गति लिन थालेको देखेर साझेदारका रूपमा राख्न कर गर्न थालेका छन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
