नेपालमा पछिल्लो एक हप्तामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २४९ पुगेको छ र यस अवधिमा एक जनाको मृत्युसमेत भएको छ।
काठमाडौँ– नेपालमा कोभिड–१९ संक्रमण पुनः बढ्दै गएको देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार, २०८१ पुस १७ गतेदेखि हालसम्म (२०८२ असार १९ गतेसम्म) ३१ जिल्लामा कोभिड–१९ का संक्रमित देखिएका छन्।
हालसम्म देशभर कुल २४९ जनामा कोरोना संक्रमण देखा परेको छ। पछिल्लो एक हप्तामा मात्रै ३५ जनामा नयाँ संक्रमण पुष्टि भएको छ भने २४ घण्टाभित्र तीन जना नयाँ संक्रमित भेटिएका छन्। यस अवधिमा कोभिड–१९ बाट एक जनाको मृत्युसमेत भएको महाशाखाले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले संक्रमणको जोखिमलाई ध्यानमा राख्दै देशभरका १७ वटा सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोभिड–१९ को निगरानीलाई थप प्रभावकारी बनाइएको जानकारी दिए। “सबै सीमा नाकामा आरडीटी विधिबाट कोभिड–१९ परीक्षण भइरहेको छ,” उनले भने।
मन्त्रालयले कोभिड–१९ लगायत श्वासप्रश्वासका माध्यमबाट सर्ने अन्य संक्रामक रोगहरूबाट सुरक्षित रहनका लागि मास्क लगाउने, साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने र व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता मापदण्ड अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै, कोभिड–१९ प्रभावित क्षेत्रबाट आएका वा मिल्दोजुल्दो लक्षण भएका व्यक्तिहरूलाई ‘सेल्फ क्वारेन्टाइन/आइसोलेसन’मा बस्न आग्रह गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
