सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट रामेश्वर चौधरीलाई पदमुक्त गरेपछि नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
धनगढी– नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। पार्टीबाट सरकारमा प्रतिनिधित्व गरिरहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पदमुक्त गरेपछि धनगढीमा शुक्रबार बसेको संसदीय दलको बैठकले यो निर्णय गरेको हो।
मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई बिहीबार पदमुक्त गरेका थिए। बैठकपछि संसदीय दलका नेता घनश्याम चौधरीले पार्टीको केन्द्रबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा आएको पत्रको आधारमा समर्थन फिर्ता लिने निर्णय गरिएको जानकारी दिए।
५३ सदस्यीय प्रदेशसभामा चौथो ठूलो दल रहेको नाउपाका सात प्रदेशसभा सदस्य छन्। यद्यपि, नाउपाले समर्थन फिर्ता लिने निर्णय गरे पनि मुख्यमन्त्री शाह नेतृत्वको सरकारको पक्षमा अझै बहुमत कायम रहेको देखिन्छ।
मुख्यमन्त्रीले चौधरीलाई असारको पहिलो हप्तामा पदबाट राजीनामा दिन निर्देशन दिएका थिए, तर उनले राजीनामा दिएका थिएनन्। मुख्यमन्त्रीको सचिवालयले जनाएअनुसार, सरकारको आर्थिक पारदर्शिता र सुशासन कायम गर्ने सवालमा गरिएका आग्रहलाई बेवास्ता गरिएपछि मन्त्री चौधरी पदमुक्त भएका हुन्।
हाल प्रदेशसभामा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका १८ सदस्य, नेकपा (एमाले)का ११ सदस्य, प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र)का ११ सदस्य, नेकपा (एकीकृत समाजवादी)का चार सदस्य (एक निलम्बित), एक राप्रपा र एक स्वतन्त्र सदस्य छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
