‘विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजी’ गर्ने ध्येयका साथ इलामको चुलाचुलीमा शुरू भएको नाट्यसंस्था चुलाचुली रंगमञ्चले ‘चुलाचुली पाठशाला नाट्य उत्सव २०७९’ घोषणा गरेको छ।
काठमाडौँ- गाउँमा रंगमञ्च सञ्चालन गर्दै आएको चुलाचुली रंगमञ्चले रंगमञ्चको वार्षिकोत्सवका अवसरमा पाठशाला नाट्य उत्सवको तयारी गरेको छ।
‘विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजी’ गर्ने ध्येयका साथ इलामको चुलाचुलीमा शुरू भएको नाट्यसंस्था चुलाचुली रंगमञ्चले ‘चुलाचुली पाठशाला नाट्य उत्सव २०७९’ घोषणा गरेको हो।
नाट्यसंस्थाको नवौँ वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागिएको कार्यक्रमको यो दोस्रो संस्करण हो। कार्यक्रम माघ १० र ११ गते हुने कार्यक्रमका संयोजक चेतन आङथुपोले बताए।
नाट्य उत्सवमा ११ वटा नाटकले सहभागिता जनाउने छन्।
कार्यक्रममा चुलाचुली गाउँपालिकाका सामुदायिक र संस्थागत गरी छवटा विद्यालय, जिल्लाबाहिरबाट तीनवटा नाट्यसंस्था साथै आयोजक रंगमञ्चबाट दुईवटा होम प्रोड्क्सन नाटक मञ्चन हुने भएका छन्।
उत्सव चुलाचुली गाउँपालिका वडा नम्बर ३ स्थित शिवओरक मिलन पोखरी पर्यटन क्षेत्रमा हुने आयोजकले बताएका छन्।
करिब ६ लाख २५ हजार लगानीमा हुन लागेको पाठशाला नाट्य उत्सव चुलाचुली गाउँपालिकाको सहयोग तथा डिस्का संयुक्त राज्य अमेरिका र इलाम समाज हङकङको सहकार्यमा हुन लागेको हो।
दुई दिन चल्ने नाटक उत्सवमा ११ वटा नाटक मञ्चन, फाइन आर्ट कार्यशाला, फोटो प्रदर्शनी, नाटक कार्यशाला, विभिन्न जातजातिको लोकबाजा झाँकी प्रदर्शनी र रंगमञ्च अन्तर्संवाद कार्यक्रम रहने उनले बताए।
२०७० सालबाट आधिकारिक रूपमा नाटकमा सक्रिय रहँदै आएको चुलाचुली रंगमञ्चले २०७६ मा पहिलो संस्करण चुलाचुली नाट्य पाठशाला आयोजना गरेको थियो। त्यस्तै, रंगमञ्चले २०७१ मा पहिलोपटक गाउँमै दुई दिवसीय नाट्य उत्सव आयोजना गरेको थियो।
२०६५ मा परिवर्तन नामक सडक नाटकबाट गाउँमा नाटकको गतिविधि गर्दै आएको यस नाट्य संस्थाले दर्जनौँ नाटक मञ्चन गरिसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
