चट्याङ लागेर घाइते भएका पाँच जनामध्ये एकको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको, अन्य व्यक्तिको उपचार भइरहेको प्रहरीले जनाएको छ।
कर्णाली– सुर्खेतको भेरीगंगा नगरपालिका–८, कुइरेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, शुक्रबार दिउँसो ३:०० बजे कुइरेस्थित वीरबहादुर थापाको खेतमा रोपाइँ गरिरहेको अवस्थामा एक्कासि चट्याङ पर्दा सोही वडाका २७ वर्षीय डिलबहादुर शाहीको मृत्यु भएको हो।
शाहीको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापश्चात् इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्वमा १० जना र अस्थायी प्रहरी चौकी जहरे सुर्खेतबाट प्रहरी सहायक निरीक्षक खगेन्द्र सुनारको नेतृत्वमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
टोलीले चट्याङ लागेर सामान्य घाइते भएका १७ वर्षीय पर्वत विक, १९ वर्षीय हुमबहादुर थापा, १८ वर्षीय नवीन विक र ३० वर्षीया सुनिता गिरीलाई मेहलकुना अस्पताल पुर्याएर उपचार गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
