अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि रुसले युक्रेनसँग कूटनीतिक समाधानको सम्भावना नरहेको बताउँदै किभमा हालसम्मकै सबैभन्दा व्यापक हवाई आक्रमण थालेको छ।
रुसी सरकारी प्रवक्ताले शुक्रबार युक्रेनमा जारी युद्धका सन्दर्भमा तत्काल कुनै कूटनीतिक समाधान सम्भव नरहेको पनि स्पष्ट पारेका छन्। यो अभिव्यक्तिसँगै रुसले युक्रेनमाथि हालसम्मकै व्यापक हवाई आक्रमण थालेको पुष्टि भएको छ।
यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको टेलिफोन संवाद निष्कर्षविहीन रूपमा समाप्त भएको केही घण्टापछि शुरू भएको हो।
राजधानी किभसहित युक्रेनका विभिन्न शहरमा रातभर ड्रोनको गुन्जन र विस्फोटको आवाज सुनिएको थियो, जसलाई युक्रेनी हवाई सुरक्षा प्रणालीले सक्रिय रूपमा प्रतिवाद गरेको थियो।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले विशेष सैन्य अभियानलाई प्राथमिकता दिइरहेको बताउँदै राजनीतिक तथा कूटनीतिक माध्यमबाट समाधान गर्न उपयुक्त हुने भए पनि वर्तमान अवस्थामा त्यस्तो सम्भावना नरहेको स्पष्ट पारे।
यसअघि, राष्ट्रपति ट्रम्पले पुटिनसँगको संवादमा युद्ध अन्त्यको विषयमा कुनै प्रगति नभएको जानकारी दिएका थिए। युक्रेनी अधिकारीका अनुसार, ट्रम्प र राष्ट्रपति भोलोदिमिर जेलन्स्कीबीच थप कुराकानी शुक्रबार नै तय गरिएको थियो।
किभका बासिन्दा तिमुरले यस आक्रमणलाई विगतका घटनाभन्दा निकै भयावह भएको बताउँदै भने, “यसअघि कहिल्यै यति धेरै विस्फोट एकसाथ भएको थाहा थिएन।”
राष्ट्रपति जेलन्स्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रुसले युद्ध र आतंक अन्त्य गर्ने कुनै तयारी नगरेको र अन्तर्राष्ट्रिय समुदायबाट ठोस दबाब नपरेसम्म रुसको व्यवहार परिवर्तन नहुने बताए। “युद्ध र आतंक अन्त्य गर्ने तयार छैन भन्ने रुसले फेरि एक पटक प्रमाणित गरेको छ। यदि अन्तर्राष्ट्रिय समुदायबाट ठोस र ठूलो दबाब नपरेसम्म रुसको विनाशकारी व्यवहारमा परिवर्तन आउन गाह्रो छ,” उनले लेखेका छन्।
रुसी सेनाले डोनेत्स्क क्षेत्रमा रहेको एक गाउँ नियन्त्रणमा लिएको दाबी गरेको छ। आक्रमणका क्रममा पोल्यान्डको किभस्थित दूतावासमा क्षति पुगे पनि कर्मचारी सुरक्षित रहेको जनाइएको छ। जर्मन परराष्ट्र मन्त्रालयले नेताबीचको संवादपछि तुरुन्तै आक्रमण हुनुले रुस अझै पनि बल प्रयोगमा निर्भर रहन चाहेको देखाउने र युक्रेनलाई थप सहयोगको आवश्यकता रहेको उल्लेख गरेको छ।
युक्रेनी वायु सेनाका अनुसार, यो आक्रमण युक्रेनमाथिको रुसी आक्रमणमा हालसम्मकै सबैभन्दा ठूलो हो। यसमा ५३९ ड्रोन र ११ मिसाइल प्रयोग गरिएको थियो। यो आक्रमणमा परी कम्तीमा २३ जना घाइते भएको पुष्टि भएको छ।
युक्रेनले पनि पछिल्लो समय रुसभित्र प्रतिक्रिया स्वरूप हमला बढाएको छ। रुसको रोस्तोभ क्षेत्रमा युक्रेनी ड्रोन खस्दा एक महिलाको मृत्यु भएको त्यहाँका कार्यवाहक क्षेत्रीय गभर्नरले जनाएका छन्।
युद्धविरामका लागि संयुक्त राज्य अमेरिकाको पहलमा शुरू गरिएका वार्ता हाल निष्क्रिय अवस्थामा देखिएका छन्। यद्यपि युक्रेन र रुसले युद्धबन्दीको नयाँ विनिमय कार्यक्रम जारी राखेका छन्। यो इस्तानबुलमा भएको पछिल्लो छलफलको परिणामस्वरूप सम्भव भएको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
