चेल्सी क्लब विश्वकपको सेमिफाइनलमा

चेल्सीले फाइनल प्रवेशका लागि मंगलबार न्यु जर्सीको मेटलाइफ स्टेडियममा फ्लुमिनेन्सको सामना गर्नेछ।

काठमाडौँ– ब्राजिलियन क्लब पाल्मिरासलाई हराउँदै चेल्सी क्लब विश्वकपको सेमिफाइनलमा पुगेको छ। 

शनिबार बिहान भएको क्वार्टरफाइनलमा चेल्सीले पाल्मिरासविरुद्ध २–१ को जित दर्ता गर्दै अन्तिम चारमा स्थान बनाएको हो।  

कोल पाल्मरले १६औ मिनेटमा गोल गर्दै चेल्सीलाई शुरूआती अग्रता दिलाए। एस्टेभाओ विलियनले ५३औँ मिनेटमा बराबरी गोल फर्काए। मालो गुस्टोको क्रस डिफेन्डर गिया अगस्टिनलाई डिफ्लेक्ट गर्दै गोलमा परिणत भएपछि चेल्सी विजयी भयो। 

अर्को खेलमा साउदी अरबको अल–हिलाललाई २–१ ले हराउदै ब्राजिलियन क्लब फ्लुमिनेन्स सेमिफाइनलमा पुगिसकेको छ। फ्लुमिनेन्सको जितमा माथेउस मार्टिनेली र हर्कुलेसले गोल गरेका थिए। अल–हिलालका मार्कोस लियोनार्दोले १ गोल फर्काए। 

चेल्सी र फ्लुमिनेन्सले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्। उक्त खेल मंगलबार राति न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुनेछ।