सिंगापुरले नेपाललाई दियो ११४ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुर ४०.५ ओभरमा ११३ रन बनाउँदै अलआउट भयो। 

काठमाडौँ– एसीसी पुरुष यू१६ इस्ट जोन कप क्रिकेटको उपाधि जित्न नेपालले ११४ रनको लक्ष्य पाएको छ। 

मलेसियाको युकेएम वाईएसडी ओभलमा जारी फाइनलमा टस जितेर ब्याटिङ रोजेको सिंगापुर ४०.५ ओभरमा ११३ रन बनाउँदै अलआउट भयो। 

सिंगापुरका रोशन अस्टिनले २३, रियान नाइकले १५, वेदान्श गुप्ताले १२ तथा आकाश तेजाले १० रन बनाए।

नेपालका अभय यादव र सुशील रावलले समान ३, शुभम खनालले २ तथा विपिन शर्माले १ विकेट लिए।

समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको थियो। नेपाल घरेलु टोली मलेसियालाई हराउँदै फाइनल पुगेको हो। सिंगापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो। 

प्रतियोगितामा नेपाल अपराजित छ।