जितका लागि पाएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो। जोय थापाले अविजित २४ रन बनाए।
काठमाडौँ– नेपालले एसीसी पुरुष यू१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ।
मलेसियाको युकेएम वाईएसडी ओभलमा शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो।
जितका लागि पाएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालका जोय थापाले अविजित २४, शिवान्स बजगाईंले २०, शुभम खनालले १८, प्रसिद्ध जैसीले १७, परिमार्जन यादवले १३ र अभय यादवले १० रन बनाए।
सिंगापुरका कपिश भेनकटरमनले ४ तथा युवान पाण्डेले २ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सिंगापुर ४०.५ ओभरमा ११३ रन बनाउँदै अलआउट भयो।
सिंगापुरका रोशन अस्टिनले २३, रियान नाइकले १५, वेदान्श गुप्ताले १२ तथा आकाश तेजाले १० रन बनाए।
नेपालका अभय यादव र सुशील रावलले समान ३, शुभम खनालले २ तथा विपिन शर्माले १ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
