पाकिस्तानको कराँचीस्थित लियारीमा एउटा भवन भत्किँदा १६ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी मानिस फसेको अनुमान गरिएको छ।
पाकिस्तानको कराँचीस्थित लियारीमा एउटा ६ तले आवासीय भवन भत्किँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ। भग्नावशेषमुनि थप शवहरू फेला परेसँगै मृतकको संख्या बढेको एआरवाई न्युजले एक उद्धार अधिकारीलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। कराँचीको बग्दादी क्षेत्रमा भएको यस घटनामा अझै २० जनाभन्दा बढी मानिस फसेको अनुमान गरिएको छ।
कराँचीका मेयर मुर्तजा वहाबका अनुसार, भग्नावशेषबाट अहिलेसम्म १९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये पाँच महिलासहित नौ जना घाइते छन्। शुरूमा नौ जनाको मृत्यु पुष्टि भएको थियो। जसमा आठ जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा मृत्यु भएको थियो। ६ जना घाइते उपचारपछि डिस्चार्ज भएका छन् भने ३ जनाको अस्पतालमा उपचार भइरहेको बहाबले जनाएका छन्।
मेयर वहाबले उद्धार कार्य जारी रहेको र भग्नावशेषमा कोही पनि नफसेको सुनिश्चित नभएसम्म काम गरिरहने बताएका छन्। घटना भएको १३ घण्टापछि घटनास्थल पुगेका कराँचीका आयुक्त हसन नक्वीले यस दुःखद घटनाको मुख्य जिम्मेवारी असुरक्षित भवनमा बस्नेकै भएको बताए। उनले सिन्ध भवन नियन्त्रण प्राधिकरण (एसबीसीए)ले भत्किएको संरचना असुरक्षित रहेको भन्दै पहिले नै सूचना जारी गरिसकेको दाबी गरे। नक्वीले बासिन्दालाई आफ्नो सुरक्षालाई प्राथमिकता दिन आग्रह गरे। उनले कसैलाई पनि जबरजस्ती घरबाट निकाल्ने प्रशासनको मनसाय नरहेको स्पष्ट पारे।
अधिकारीहरूका अनुसार, भवन भत्किँदा छेउछाउको एउटा भवनमा पनि क्षति पुगेको छ। अनुसन्धानबाट एसबीसीएले धेरै पहिले नै उक्त भवनलाई असुरक्षित घोषणा गरेको पत्ता लागेको छ। अधिकारीहरूले बासिन्दालाई भवन खाली गर्न धेरै पटक सूचना पठाएको दाबी गरे पनि बासिन्दाले भने त्यस्तो कुनै चेतावनी नपाएको बताएका छन्।
एसबीसीएले कराँचीमा ५७८ वटा असुरक्षित भवन रहेको जनाएको छ, जसमध्ये धेरैजसो दक्षिणी जिल्लामा छन्। सिन्धका गभर्नर कामरान टेसोरीले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यका लागि सबै स्रोतसाधन प्रयोग गर्न र घाइतेहरूलाई तत्काल उपचार गर्न निर्देशन दिएका छन्। उनले कुनै पनि लापरबाहीविरुद्ध चेतावनीसमेत दिएका छन्।
लियारीमा भवन भत्किएको घटनाको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गरिएको सिन्ध स्थानीय सरकारका प्रवक्ताले बताए। समितिलाई तीन दिनभित्र लापरबाही गर्ने अधिकारीहरूलाई पहिचान गर्ने जिम्मेवारी दिइएको छ। यसैबीच, सिन्धका स्थानीय सरकारका मन्त्रीले एसबीसीएका सम्बन्धित अधिकारीहरूलाई तुरुन्तै निलम्बन गर्न आदेश दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
