प्रहरीका अनुसार, संखुवासभा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र बाजुराका मुख्य सडक पूर्ण रूपमा बन्द छन्।
काठमाडौँ– देशभर परेको वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्गका सात वटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार, संखुवासभा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र बाजुराका मुख्य सडकहरू पूर्ण रूपमा बन्द भएका हुन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार, संखुवासभाको भोटखोला गाउँपालिकामा वर्षाका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
यस्तै, काभ्रेपलान्चोकको बनेपा नगरपालिका–४ मा पहिरो खसेर बनेपा नाला हुँदै भक्तपुर खण्ड अवरुद्ध हुनुका साथै उक्त स्थानमा सडकमाथिको पुल पनि भाँचिएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुन पुगेको घिमिरेले जानकारी दिए।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, छलघाटमा बाढीका कारण भेरी करिडोर र रुकुमपश्चिमको आठविसकोट नगरपालिका–६, रिजिगारमा बाढीकै कारण जाजरकोट डोल्पा भेरी करिडोर अवरुद्ध भएको छ।
त्यसैगरी, जाजरकोटको छेडागाड नगरपालिका–३, दखेरीभिरमा पहिरो जाँदा मध्यपहाडी राजमार्ग तथा बाजुराको बडिमालिका नगरपालिका–७, ढम्कले भासुपातालमा पहिरो जाँदा मार्तडी–कोल्टी सडक पूर्ण रूपमा बन्द भएका छन्।
प्रहरीका अनुसार, पहिरोले अवरुद्ध भएका केही सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। बाग्लुङस्थित कालीगण्डकी करिडोर र रोल्पाको अखटेमा पहिरोका कारण अवरुद्ध बनेको सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
त्यस्तै, गुल्मीस्थित कालिगण्डकी करिडोर र रोल्पाको परिवर्तन गाउँपालिका–५ मा खसेको पहिरोका कारण अवरुद्ध बनेको शहीद मार्ग पनि एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ।
यात्रुहरूलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
