घरेलु टोली उज्वेकिस्तानसँग नेपाल टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित भएको हो। हारसँगै नेपाल एशियन कप खेल्नबाट वञ्चित भएको छ।
काठमाडौँ– एफसी महिला एशियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएको छ।
उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रंगशालामा शनिबार राति भएको खेलमा उज्वेकिस्तानसँग नेपाल टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित भएको हो। हारसँगै नेपाल एशियन कप खेल्नबाट वञ्चित भएको छ। निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा समाप्त भएपछि खेल टाइब्रेकरमा पुगेको थियो।
टाइब्रेकरमा उज्वेकिस्तानका लागि एम सोयिमोभा, यु जोइरोभा, एम खिक्माटोभा र एम अमिनिजोनोभाले गोल गरिन्। नेपालका लागि गीता राना र सविता रानामगरले मात्र गोल गरिन्। सावित्रा भण्डारी साम्बाको प्रहार बारमा लागेर बाहिरिएको थियो। गोलकिपर अञ्जना रानामगरको प्रहार उज्वेकिस्तानी गोलकिपर एम जोनिमक्युलोभाले बचाइन्। जितसँगै उज्वेकिस्तानले पहिलोपटक छनोट चरण पार गरेर एशियन कपमा स्थान बनाएको छ ।
त्यसअघि खेलको पहिलो हाफमा नेपाल उज्वेकिस्तानसँग ३–१ गोलले पछाडी परेको थियो। मध्यान्तरपछिको खेलमा नेपालले दुई गोल गर्दै खेललाई ३–३ गोलको बराबरी गर्यो। पहिलो हाफमा उज्वेकिस्तानका लागि खाबीबुलेएभा र मातफुना सोयीमोभाले एक एक गोल गरिन् भने नेपालकी समीक्षा घिमिरेले एउटा आत्मघाती गोल गर्न पुगेकी थिइन्। नेपालका लागि सावित्रा भण्डारी साम्बाले गोल गरिन्। खेलको दोस्रो मिनेटमा नै घरेलु टोली उज्वेकिस्तानले अग्रता बनायो। उसका लागि खाबीबुलेएभाले गोल गरिन् ।
खेलको १२औँ मिनेटमा नेपालका तर्फबाट आत्मघती गोल हुन पुग्यो। उज्वेकिस्तानकी कप्तान लिउडमिला कराचिकको क्रस गोल लाइन नजिकै रहेकी नेपालकी समीक्षा घिमिरेको खुट्टामा लागेर गोलमा परिणत भयो। खेलको २४औँ मिनेटमा नेपालका लागि सावित्राले गोल गर्दै खेलमा फर्किने प्रयास गरिन्। ३७औँ मिनेटमा सरस्वती हमालको ह्यान्ड भएपछि उज्वेकिस्तानले पेनाल्टीको अवसर पायो। पेनाल्टीमा मातफुना सोयीमोभाले गोल गरिन्।
मध्यान्तरपछिको खेलको ७०औँ र ७१औँ मिनेटमा सावित्राले लगातार गोल गरिन्। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो। पहिलो हाफको इन्जुरी समयमा एन एर्गासेभाले रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि उज्वेकिस्तान १० खेलाडीमा सीमित रहन पुगेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
