कानूनी मागका कारण रोयटर्सको एक्स ह्यान्डल बन्द गरिएको एक्सले जनाएको छ। तर कस्तो खाले कानूनी माग हो भन्नेबारे खुलाइएको छैन।
काठमाडाैँ– भारतमा अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सको आधिकारिक एक्स खाता गत रातिदेखि बन्द भएको छ।
कानूनी मागका कारण रोयटर्सको एक्स ह्यान्डल बन्द गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। तर कस्तो खाले कानूनी माग हो भन्नेबारे कतै खुलाइएको छैन। अहिलेसम्म यस सम्बन्धमा रोयटर्स र भारतको सूचना तथा प्रशारण मन्त्रालयले कुनै वक्तव्य जारी गरेका छैनन्।
भारतमा रोयटर्सको एक्स ह्यान्डल हेर्न खोज्ने प्रयोगकर्ताहरूलाई 'कानूनी मागको प्रतिक्रियामा रोयटर्सलाई इन्डियामा रोक लगाइएको' सन्देश दिइएको थियो। एक्सका अनुसार, अमेरिका लगायत धेरै देशहरूमा एक्सको खातामा भएका पोस्ट र सामग्रीमा लागू हुने विभिन्न कानूनहरू छन्।
"हाम्रा सेवाहरू निर्वाध रूपमा प्रदान गर्नको लागि, यदि हामीले कुनै देशको आधिकारिक संस्थाबाट वैध र जायज अनुरोध प्राप्त गर्याैँ भने निश्चित सामग्री ब्लक गर्न आवश्यक हुन सक्छ," एक्सको सन्देशमा भनिएको छ। साथै, स्थानीय कानूनको आधारमा पनि कुनै खाता बन्द गर्न सकिने पनि उल्लेख छ।
भारतमा रोयटर्सको मुख्य ह्यान्डल बन्द भए पनि रोयटर्स टेक न्यूज, रोयटर्स फ्याक्ट चेक, रोयटर्स पिक्चर्स, रोयटर्स एशिया र रोयटर्स चाइनालगायत रोयटर्स समाचार एजेन्सीका धेरै अन्य खाताहरू अझै पनि सहज रूपमा काम गरिरहेका भारतीय सञ्चार माध्यमले जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
