इजरायली प्रधानमन्त्री नेतान्याहुको अमेरिका भ्रमणअघि गाजामा युद्धविराम र बन्धक रिहाइसम्बन्धी वार्ता दोहामा पुनः शुरू हुने अपेक्षा गरिएको छ।
इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धकको रिहाइसम्बन्धी अप्रत्यक्ष वार्ता आइतबार कतारको राजधानी दोहामा पुनः शुरू हुने भएको छ। यो वार्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिका प्रस्थान गर्नुअघि हुन लागेको हो। नेतान्याहु सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
नेतान्याहुले दोहामा वार्ता टोली पठाएको जानकारी दिएका छन्। कतार यस द्वन्द्वमा प्रमुख मध्यस्थकर्ताको भूमिकामा सक्रिय छ। यद्यपि, नेतान्याहुले हमासले अमेरिकी समर्थनमा तयार पारिएको युद्धविराम प्रस्तावमा दिएको प्रतिक्रियामा ‘अस्वीकार्य माग’ समावेश भएको टिप्पणी गरेका छन्।
एक प्यालेस्टिनी अधिकारीका अनुसार, दोहामा शुरू हुन लागेको वार्तामा सम्भावित युद्धविरामका शर्त, बन्धक तथा बन्दीको आदानप्रदान र गाजाको राफा नाका पुनः खोल्ने विषयमा छलफल हुनेछ। हमासका वरिष्ठ वार्ताकार खालिल अल-हय्याको नेतृत्वमा वार्ता टोली दोहा पुगिसकेको छ भने इजरायली टोली आइतबार दिउँसो प्रस्थान गरेको जनाइएको छ। नेतान्याहुले यसअघि राष्ट्रपति इसहाक हेर्जोगसँग गाजाको अवस्था र क्षेत्रीय कूटनीतिक सम्बन्धबारे छलफल गरेका थिए।
प्रस्तावित योजनाअनुसार ६० दिनको युद्धविराम अवधिमा हमासले १० जना जीवित बन्धक र केही शव फिर्ता गर्नेछ, जसको सट्टामा इजरायलले केही प्यालेस्टिनी बन्दीलाई रिहा गर्नेछ। हमासले इजरायली फौजको आंशिक फिर्ती, युद्धविराम अवधिमा पुनः संघर्ष नदोहोरिने ग्यारेन्टी र संयुक्त राष्ट्रसंघको खाद्यान्न वितरण प्रणाली पुनः लागू गर्ने माग पनि राखेको छ।
यसैबीच, गाजामा मानवीय अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ। खाद्यान्नको चरम अभावका कारण नागरिकले कठिनाइ भोगिरहेका छन्। दक्षिण गाजाको खन युनिसबाट करिमा अल-रासले ‘हामी युद्धविरामको घोषणा होस् भन्ने आशामा छौँ, मानिसहरू पीठोका लागि मर्नुपरेको छ,’ भनी दुःख व्यक्त गरेकी छन्। संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार हालसम्म खाद्यान्न वितरणका क्रममा ५०० भन्दा बढी नागरिकको मृत्यु भएको छ।
संयुक्त राष्ट्रसंघका अनुसार गाजामा हालसम्म ५७ हजार ४०० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्, जबकि अक्टोबर ७, २०२३ को हमलामा इजरायली पक्षमा एक हजार २१९ नागरिकको मृत्यु भएको थियो।
दोहामा शुरू हुने यो वार्ताबाट दिगो युद्धविरामको दिशामा प्रगति हुने आशा गरिएको छ। यद्यपि दुवै पक्षबीचका गम्भीर मतभेद अझै कायम छन्। विश्लेषकले यस वार्ताले दीर्घकालीन समाधानको मार्ग खोल्न सक्ने अपेक्षा गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
