कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

नेपाली कांग्रेसले निर्वाचनको समीक्षा र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।

काठमाडौँ– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पुस २२ गते शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बैठक बोलाइएको हो। 

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को समीक्षा गर्न बैठक बोलाइएको हो। बैठकमा कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन निर्देशन दिइएको छ।

यस्तै, बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने भनिएको छ। आफ्नो नेतृत्वको गठबन्धन टुंटेर एमालेको पहलमा नयाँ सत्तागठबन्धन बनेपछि नेपाली कांग्रेसले कार्यसमितिको बैठक बोलाएको हो।