अहिले हप्ताको दुई दिन, सोमबार र शुक्रबार, काठमाडौँ–ताप्लेजुङ–काठमाडौँका लागि उडान तालिका तोकिएको छ।
ताप्लेजुङ– ताप्लेजुङमा तीन सातापछि हवाई उडान भएको छ। प्रतिकूल मौसमका कारण जेठ ३० गतेदेखि ताप्लेजुङमा उडान ठप्प थियो।
सोमबार नेपाल एयरलाइन्सको एउटा जहाज काठमाडौँबाट चार जना यात्रु लिएर ताप्लेजुङ आएको थियो। त्यही जहाजमा पाँच जना यात्रु ताप्लेजुङबाट काठमाडौँ गएका छन्।
नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार असार महिना शुरू भएदेखि अहिलेसम्म मौसमकै कारण ६ वटा उडान रोकिएका छन्। उनले बर्खायाम शुरू भएपछि खराब मौसमले गर्दा उडानमा समस्या आइरहेको बताए।
अहिले हप्ताको दुई दिन, सोमबार र शुक्रबार, काठमाडौँ–ताप्लेजुङ–काठमाडौँका लागि उडान तालिका तोकिएको छ। ताप्लेजुङबाट काठमाडौँसम्मको हवाई भाडा प्रतिव्यक्ति नौ हजार २०० रुपैयाँ तोकिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
