चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा उपभोक्ता अदालतको फैसलाप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्दा टाढाबाट आएका बिरामी समस्यामा परेका छन्।
काठमाडौँ– उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको फैसलाप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ। संघको आह्वानमा देशभरका चिकित्सक र स्वास्थ्यकर्मीहरूले असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिइरहेका थिए भने आजदेखि आकस्मिक बाहेकका सेवा पूर्णरूपमा ठप्प पारेका हुन्।
यस आन्दोलनका कारण बिरामीको बिचल्ली भएको छ। विशेषगरी वीर अस्पतालमा पनि यसको असर देखिएको छ। ओपीडी सेवा बन्द हुँदा टाढाटाढाबाट आएका बिरामी सबैभन्दा बढी समस्यामा परेका छन्। कतिपय बिरामी रिपोर्ट देखाएर सोही दिन फर्किने योजनामा आएका थिए, तर अहिले उनीहरूलाई खान-बस्नकै समस्या भएको छ। आन्दोलन कहिलेसम्म चल्ने भन्ने टुंगो नहुँदा बिरामी अन्योलको स्थितिमा छन्। हेर्नुहोस तस्वीरहरू:









Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
