सांसदले भूकम्प पुनर्निर्माणलाई तीव्रता दिन र आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै चोभार गल्छीको संरक्षणमा जोड दिएका छन्।
काठमाडौँ– सांसदले भूकम्पबाट क्षतिग्रस्त घरहरूको पुनर्निर्माणलाई तीव्रता दिन र आन्दोलनरत चिकित्सकको मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा उपलब्ध आकस्मिक समयमा सांसद डा. सुनिलकुमार शर्माले देशभरको सरकारी अस्पतालको सेवा प्रभावित हुँदा सेवाग्राही मारमा परेकोबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले घोषणा गरेको आन्दोलनले बहिरंग (ओपिडी) सेवा बन्द हुँदा बिरामी मर्कामा परेको उनको भनाइ छ। आन्दोलनरत चिकित्सकको मागप्रति गम्भीर हुन सरकारसँग आग्रह गर्दै सांसद डा. शर्माले चिकित्सकको दरबन्दी बढाउनसमेत माग गरे।
“मेडिकल काउन्सिलमा परीक्षा दिएर शल्यक्रियाको अधिकार दिने र त्यो चिकित्सकको शल्यक्रिया ठीक छ छैन भनेर निर्णय गर्न दिने उद्योग मन्त्रालयअन्तर्गत बनेको कानून र नन–मेडिकल मान्छेहरूले गर्ने?”, सांसद डा शर्माले भने, “चिकित्सकको काम कारबाहीका बारेमा यसरी निर्णय गर्ने विषय लज्जास्पद र दुखद हो।”
नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले भूकम्पले क्षतिग्रस्त घरहरूको पुनर्निर्माण तीव्र गतिमा अघि बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
सांसद बस्नेतले जोखिमपूर्ण बस्तीलाई सुरक्षित रूपमा पुनर्स्थापना र भूकम्पपीडित नागरिकको जीवनरक्षा एवं सम्मानजनक पुनः स्थापनाको माग गरे। पुनर्निर्माण व्यावहारिक नहुँदा यी घरहरूमा बसोबास गर्न जोखिमपूर्ण भएको उनले बताए।
“जाजरकोटसहित भूकम्प प्रभावित जिल्लाका नागरिकहरू अस्थायी टहरामा जोखिमपूर्ण जीवन बिताइरहेको छन्। बाढीपहिरो र मौसमजन्य प्रतिकूलताले उनीहरूको पीडा झन् गहिरिएको छ”, सांसद बस्नेतले भने, “भूकम्पले क्षतिग्रस्त घरहरूको पुनर्निर्माण ढिलाइ नगर्न आग्रह गर्छु।”
नेकपा एमालेका चन्द्रबहादुर विश्वकर्माले भूकम्प प्रभावितको समस्या समाधानमा जोड दिन आग्रह गरे।
नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले चोभार गल्छीको भूगोल र स्वरूप कुनै हालतमा परिवर्तन हुन नदिइने धारणा राखे। उनले चोभारमा रहेको बागमती निकास गल्छी काट्ने विषयमा कुनै काम भएको भन्ने उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको जवाफप्रति आभारसमेत प्रकट गरे।
“मन्त्री सिंह र बागमती सभ्यता र विपद् व्यवस्थापन निकायहरूसँग छलफल गर्दा त्यस्तो कुनै कार्यक्रम नगरिने जवाफ पाएँ, त्यसका लागि आभार व्यक्त गर्छु । भविष्यमा पनि यस्तो काम नहोस्”, सांसद केसीले भने।
मञ्जुश्री गल्छी धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्वको स्थान भएको उल्लेख गर्दै उनले यस स्थानलाई यसको संरक्षणलाई ध्यान राख्दै डुबानको जोखिम कम गर्ने उपाय खोज्नुपर्नेमा जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
