नेप्से परिसूचक २२ अंकले घट्यो

सोमबार नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१ को बिन्दुमा कायम भएको छ। होटल तथा पर्यटन र म्युचुअल फन्डबाहेक अन्य सबै समूहका उपसूचकमा गिरावट आएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार दोहोरो अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१ बिन्दुमा कायम भएको हो।

आज ३११ कम्पनीका कुल एक करोड ९४ लाख १५ हजार ६८८ कित्ता सेयर ७१ हजार ३१३ पटक खरिदबिक्री भएका छन्। यसबाट आठ अर्ब ३७ करोड ७३ लाख २७ हजार १४७ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज होटल तथा पर्यटन समूह ०.६१ प्रतिशतले र म्युचुअल फन्ड ०.०७ प्रतिशतले बढेका छन् भने अन्य सबै समूहका उपसूचक घटेका छन्।

समूहगत रूपमा हेर्दा, बैंकिङ समूह ०.७९ प्रतिशत, विकास बैंक ०.८१ प्रतिशत, वित्त ३.७६ प्रतिशत, जलविद्युत् १.०२ प्रतिशत र लगानी समूह ०.७६ प्रतिशतले घटेका छन्।

त्यसैगरी, जीवन बीमा ०.९३ प्रतिशत, उत्पादन तथा प्रशोधन १.२४ प्रतिशत, लघुवित्त ०.७० प्रतिशत, निर्जीवन बिमा ०.६६ प्रतिशत, व्यापार १.२५ प्रतिशत र अन्य समूह ०.१५ प्रतिशतले ओरालो लागेका छन्।

आजको कारोबारमा माथिल्लो मैलुङ खोला जलविद्युत्को शेयर मूल्य सर्वाधिक ६.५६ प्रतिशतले बढेको छ। यता, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ, जुन आज सबैभन्दा धेरै घट्ने कम्पनी हो।

कारोबार रकमका आधारमा आज नेपाल रिइन्स्योरेन्सको ८० करोड ७० लाख ५६ हजार ४५१ रुपैयाँ बराबरको सर्वाधिक शेयर खरिदबिक्री भयो। कारोबार भएका सेयर संख्याका आधारमा भने प्रभु सेलेक्ट फन्डको सबैभन्दा धेरै २१ लाख १९ हजार ८१७ कित्ता शेयर किनबेच भएको छ।