रेलको ठक्करबाट एक जनाको मृत्यु

जनकपुरधामबाट जयनगरतर्फ जाँदै गरेको रेलको ठक्करबाट देउरी परवाहा स्टेसननजिकै एक जनाको ज्यान गएको छ।

धनुषा– जनकपुरधामबाट जयनगरतर्फ जाँदै गरेको रेलको ठक्करबाट देउरी परवाहा स्टेसननजिकै एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका–२ सिनुरजोडाका ४० वर्षीय विनोद साह रहेको जिल्ला प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिए।

सोमबार दिउँसो १२:३० बजे औरही गाउँपालिका–२, देउरी परवाहास्थित रेलको लिकमा हिँडिरहेका साहलाई रेलले ठक्कर दिएको थियो। प्रहरीले रेल्वे कर्मचारीलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार, साह इयरफोन लगाएका कारण रेलले पटकपटक हर्न बजाउँदा पनि नसुनेको र सोही कारण उनको मृत्यु भएको हो।

मृतक साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।