बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई कार्यकारी निर्देशकको हस्ताक्षर किर्ते गरी कर्मचारी बर्खास्त गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।
जनकपुरधाम– बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई किर्ते र जालसाजी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। परिषद्का कार्यकारी निर्देशक वैजनाथ पासवानको हस्ताक्षर किर्ते गरी चार जना कर्मचारीलाई अवैध रूपमा बर्खास्त गरेको आरोपमा साहलाई सोमबार नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार, कार्यकारी निर्देशक पासवानले गत चैत २८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा यससम्बन्धी उजुरी दिएका थिए। उजुरीपछि किर्ते हस्ताक्षर सम्बन्धमा विधि विज्ञान प्रयोगशालाबाट परीक्षण गराइएको थियो। प्रयोगशालाको प्रतिवेदनका आधारमा वैशाख २५ गते जिल्ला अदालतबाट साहविरुद्ध पक्राउ अनुमति लिइएको थियो। त्यसयता साह फरार रहँदै आएका थिए।
पक्राउ परेका साहलाई सोमबार थप अनुसन्धानका लागि जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत धनुषामा उपस्थित गराइएको प्रहरीले जनाएको छ। साहले कार्यकारी निर्देशकको हस्ताक्षर किर्ते गरी बृहत्तरका प्रशासकीय अधिकृत जीतेन्द्र यादव, लेखापाल सावित्री गिरी, नासु मदन चौधरी र सञ्जय मण्डललाई बर्खास्त गरेको आरोप छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
