सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले पुस २५ गते १ बजेका लागि संसद् अधिवेशन आह्वान गरेकी हुन्।
सरकारले सोमबार संसद् अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। सोमबार बेलुका बसेको नवगठित मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिसअनुसार उनले बैठक आह्वान गरेकी हुन्।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएको करिब पाँच सातपछि आह्वान भएको संघीय संसद्को बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेछ। गत मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो। निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित भएका छन्।
गत पुस ७ गते संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए।
गत आइतबार राष्ट्रपति भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् भने सोमबार उनले पद तथा गोपनीयताको शपथ लिएका थिए। त्यसलगत्तै दाहालले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। प्रधानमन्त्रीमा दाहाललाई नेकपा एमालेसहित ७ दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
