त्रिशूलीको बाढीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार

त्रिशूली नदी किनारामा दाउरा काट्न गएका उनीहरू एक्कासि बाढी आएपछि रुखमा चढेर बसेका थिए। 

काठमाडौँ– त्रिशूली नदीको बाढीमा फसेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। 

नुवाकोटको विदुर नगरपालिका–१ लभडाडास्थित मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनी श्रीमती ६२ वर्षीया मंगली तामाङको उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ।

त्रिशूली नदी किनारामा दाउरा काट्न गएका उनीहरू एक्कासि बाढी आएपछि रुखमा चढेर बसेका थिए।