बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

अवरुद्ध भएको स्थानमा मर्मत गरेर अस्थायी रूपमा सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

काठमाडौँ– बनेपा–नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ। बनेपा नगरपालिका–१ र ४ को सिमानामा निर्मित पुण्यमाता खोलाको पुल भाँचिएको स्थानमा आइतबार ह्युमपाइप राखेर सडक खुलाइए पनि सोमबार रातिको वर्षाका कारै पुनः सडक अवरुद्ध भएको हो। 

हिलोका कारण गाडी सडकमा फसेपछि यात्रु र अन्य सवारीसाधन रोकिएका छन्। यो सडक धुलिखेल–सूर्यविनायकखण्डको एक मात्र वैकल्पिक मार्ग हो। धुलिखेल–सूर्यविनायक सडक निर्माण भइरहेकाले अवरुद्ध छ। 

अवरुद्ध भएको स्थानमा मर्मत गरेर अस्थायी रूपमा सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।  “तत्काल पक्की पुल निर्माण सम्भव छैन। अहिले निर्माण हुने भनेको त अस्थायी नै हो,” उनले भने, “त्यसका लागि हामी लागिरहेका छौँ।”