राष्ट्र बैंकको प्रतिवेदनअनुसार खाद्य तथा पेयपदार्थ समूहमा घ्यू तथा तेल, गैरमदिराजन्य पेयपदार्थ, फलफूल, दाल र गेडागुडीको मूल्य बढेको छ भने तरकारी, मरमसला, माछा र मासुको मूल्य घटेको छ।
काठमाडौँ– तुलनात्मक रूपमा हिमाली क्षेत्रमा बढी महँगी देखिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७३, तराईको २.५८, पहाडको २.४८ र हिमालको ४.१८ प्रतिशत रहेको छ।
प्रतिवेदनअनुसार जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१७ प्रतिशत रहेको थियो। यो अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ०.५४ र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत रहेको छ।
खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.०६, गैरमदिराजन्य पेयपदार्थको ५.१३, फलफूलको ३.५१ र दाल तथा गेडागुडीको २.८५ प्रतिशतले बढेको छ। तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ७.०४, मरमसलाको ३.०६ र माछा तथा मासुको २.९१ प्रतिशतले घटेको छ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ९.४३, कपडाजन्य तथा जुत्ताचप्पलको ६.८२, शिक्षाको ५.८८, फर्निसिङ तथा घरायसी उपकरणको ५.०६ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.६८ प्रतिशतले बढेको छ।
त्यस्तै, ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २.९० र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २.६६ प्रतिशतले बढेको छ। प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१८, मधेशको २.५२, बागमतीको २.२९, गण्डकीको १.७५, लुम्बिनीको २.३९, कर्णालीको २.५४ र सुदूरपश्चिम प्रदेशको ३.८६ प्रतिशत रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
