सांसदले रसुवा, नुवाकोटलगायतका जिल्लामा प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरेका छन्।
काठमाडौँ– सांसदले रसुवा, नुवाकोटलगायतका जिल्लामा प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदले विपद्को पूर्वतयारीलाई तीव्रता दिन, मौसमजन्य सूचना प्रणालीलाई थप व्यवस्थित गर्न र जनधनको क्षति न्यून गराउने अधिकतम उपायको खोजी गर्न आग्रह गरे।
सांसद वर्षमान पुनले मनसुनजन्य विपद्को तयारीमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराए। उनले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक रोकिएको विषयमा जिज्ञासा राखे।
सांसद डिकबहादुर लिम्बुले वार्षतको समयमा किसानले रासायनिक मलको अभावमा खेतीपाती गर्न समस्या भएको भए पनि राज्यले उचित प्रबन्ध गर्न नसकेको बताए।
सांसद दीपा शर्माले देशभर प्राकृतिक विपद्का कारण जनधनको क्षति भएको विवरण पेश गर्दै राहत तथा उद्धारको उचित प्रबन्ध गर्न माग गरिन्।
सांसद प्रेम सुवालले बाढीपहिरोका कारण रसुवागढीमा भएको जनधनको बारेमा यर्थाथ जानकारी गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराए।
सांसद तारा लामा तामाङले रसुवामा मंगलबार आएको बाढीपहिरोमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे।
सांसद दामोदर पौडेलले सरकारले सुन चाँदी व्यवसायीले विलासिता कर हटाउन राखेको मागको उचित सम्बोधन गर्न आग्रह गरेर
सांसद दीपक गिरीले कोभिड १९ को कहरपछि मुलुक आर्थिक संकटमा फसेको, विकास बजेटको प्रभावकारी खर्च हुन नसकेको उल्लेख गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई व्यवसायीमैत्री बनाउन आग्रह गरे।
सांसदहरू दुर्गा राई, नागिना यादव, नारायणप्रसाद आचार्य, नारायण शर्मा, निर्मला कोइराला, पूर्णबहादुर घर्ती, प्रकाश ज्वाला, प्रतिमा गौतम, प्रेमबहादुर आले, वासुदेव घिमिरेले मनसुनजन्य घटना वृद्धि भएकाले जनधनको क्षति हुन नदिन आपत्कालीन उद्धार, राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
