घट्यो नेप्से परिसूचक, साढे ६ अर्बको शेयर कारोबार

मंगलबार नेप्से परिसूचक ०.१४ अंकले घटेर २६८३.८६ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ। मंगलबार नेप्से परिसूचक ०.१४ अंकले घटेर २६८३.८६ को विन्दुमा कायम भएको हो। मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कम आएको छ।

आज ३०४ कम्पनीको एक करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर ५६ हजार २७६ पटक खरिदबिक्री हुँदा ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ बराबरको कारोबार भएको छ। सोमबार आठ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

आज विकास बैंक समूह ०.४१, वित्त १.२५, जलविद्युत् ०.५९, लगानी ०.०८, उत्पादन तथा प्रशोधन ०.३७, लघुवित्त ०.०७ र व्यापार ०.३८ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। बैंकिङ ०.३७, होटल तथा पर्यटन ०.०१, म्युचुअल फन्ड ०.०९, निर्जीवन बीमा ०.३७ र अन्य समूह ०.७७ प्रतिशतले घटेको छ।

बुटवल पावरको शेयर मूल्य आज सबैभन्दा धेरै ८.२१ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा रसुवागढी हाइड्रोपावरको शेयर मूल्य ५.०८ प्रतिशतले घटेको छ।