नेपाल–चीन सिमानामा रहेको ल्हेंदे खोला र भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवामा ठूलो धनजनको क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओली उच्चस्तरीय सरकारी टोलीसहित घटनास्थल पुगेका छन्।
काठमाडौँ– नेपाल–चीन सिमानामा रहेको ल्हेंदे खोला र भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा ठूलो धनजनको क्षति भएपछि प्रधानमन्त्री केपी शर्मा ओली उच्चस्तरीय सरकारी टोलीसहित घटनास्थल पुगेका छन्।
प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, तथा सुरक्षा निकायका प्रमुखहरू पनि प्रभावित क्षेत्रमा पुगेका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बाढीले रसुवाको टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा ठूलो क्षति पुर्याएको जानकारी दिए।
चिनियाँ सरकारको सहयोगमा ७५ प्रतिशत काम सम्पन्न भइसकेको उक्त बन्दरगाहमा पुगेको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको उनले बताए। मन्त्री भण्डारीले बन्दरगाह सञ्चालनका लागि पुनः चीन सरकारसँग आग्रह गरिने जानकारी दिए।
“चिनियाँ सरकारको सहयोगमा निर्माण भइरहेको थियो, कति क्षति भयो भन्ने विवरण अहिलेसम्म आएको छैन,” उनले भने, “उक्त बन्दरगाह पछि सञ्चालन गर्न फेरी चीन सरकारसँग आग्रह गर्नेछौँ।”
बाढीमा परी कम्तीमा १८ जना बेपत्ता भएका छन्, जसमा नेपाल प्रहरीका तीन जना र ६ जना चिनियाँ नागरिक पनि सामेल छन्। बाढीले विद्युतीय सवारीसाधनसमेत बगाएको अनुमान गरिएको छ।
नेपाली सेनाले ल्हेन्दे खोलाको बाढीमा फसेका ५७ जनाको उद्धार गरिसकेको छ, जसमध्ये ३० जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो। बेपत्ताको खोजीका लागि सेनाको टोली खटिएको छ र हालसम्म त्रिशूली नदीका विभिन्न चार स्थानमा मानव अंग फेला परेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद मोहन आचार्यले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। उनले मितेरी पुल बगेर दुई देशबीचको आवागमन पूर्णरूपमा अवरुद्ध भएको र टिमुरे भन्सार यार्ड लगायतका महत्त्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको उल्लेख गर्दै उद्धार र राहत वितरणलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए।
आचार्यले आफू प्रभावित क्षेत्रमै रहेको जानकारी दिँदै संकटको घडीमा सरकारको सक्रियता निर्णायक हुने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
