मंगलबार सेयर बजार परिसूचक नेप्से ५९.८७ अंकले बढेर १ हजार ९ सय ८३.९५ अंकमा पुगेको छ।
काठमाडौँ- अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएपछि दोस्रो दिन पनि सेयर बजारमा उत्साह देखिएको छ।
आज बजार परिसूचक र कारोबार रकम दुवै बढेको छ। सेयर बजार परिसूचक नेप्से ५९.८७ अंकले बढेर १ हजार ९ सय ८३.९५ अंकमा पुग्दा कारोबार रकम पनि हिजोको तुलनामा दोब्बरले वृद्धि भयो।
आज ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँ बराबरका १ करोड २० लाख २९ हजार ६ सय ६ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
कारोबार भएका १३ वटै उपसमूह बढेका छन्। बैंकिङ उपसमूह ३५.०७, विकास बैंक १००.३९, वित्त ६७.७३, होटल तथा पर्यटन ११७.०१, जलविद्युत ९५.३५, जीवन बिमा ३७२.२१, निर्जीवन बिमा २८३.४२ अंकले बढेका छन्।
सिद्धार्थ इन्स्योरेन्स, मल्टिपर्पोज फाइनान्स, अजोड इन्स्योरेन्स, सृजनशील लघुवित्त, धौवलागिरी लघुवित्तले सर्किट लेभलमा कारोबार गरे।
कारोबार रकमका आधारमा लक्ष्मी बैंक, नेपाल दूरसञ्चार कम्पनी, हिमालयन डिष्ट्रिलरी, नबिल बैंक अगाडि रहे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
