रसुवाको बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि गएको नेपाली सेनाको हेलिकप्टर ‘प्राविधिक समस्या’का कारण चिनियाँ क्षेत्रमा ‘फोर्स ल्यान्डिङ’ गरिएको छ।
काठमाडौँ– रसुवाको भोटेकोशीमा आएको बाढीबाट विस्थापितलाई उद्धारका लागि गएको नेपाली सेनाको हेलिकप्टर प्राविधिक समस्या देखिएपछि चिनियाँ क्षेत्रमा ‘फोर्स ल्यान्डिङ’ गर्नुपरेको छ।
चिनियाँ सुरक्षा अधिकारीहरूले रसुवागढीपारि चिनियाँ भूमिमा अनुमतिबिना सेनाको हेलिकप्टर प्रवेश गरेको बताएका थिए। तर सेनाका प्रवक्ता सहायक रथि राजाराम बस्नेतले प्राविधिक समस्या आएपछि ‘फोर्स ल्यान्ड’ गरिएको बताए।
उनले भोलि हेलिकप्टर मर्मतपछि फिर्ता हुने बताएका छन्। “प्राविधिक कारण हेलिकप्टर चीनतर्फ अवतरण गराइएको र भोलि नै मर्मतपछि फर्किन्छौँ,” उनले भने।
बाढीबाट चीनतर्फ रोकिएका करिब १५० जना नेपालीलाई उद्धार तथा सुरक्षित स्थानतर्फ लैजान हेलिकप्टर गएको थियो। त्यस ठाउँको रेकी (जानकारी संकलन) गर्दै जाने क्रममा समस्या आएपछि ‘फोर्स ल्यान्डिङ’ गरिएको उनले जानकारी दिए।
गए राति रसुवामा आएको बाढीका कारण हालसम्म २० जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेहरूमा नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने ६ जना, सवारी चालक पाँच जना र चिनियाँ नागरिक ६ जना रहेका छन्।
बाढीले २३ वटा मालवाहक कन्टेनर, ६ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी कुल ६४ वटा सवारीसाधनलाई बगाएको छ।
यसका साथै, बाढीले ड्यामसाइट बगाउँदा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्र र २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र प्रभावित भई उत्पादन ठप्प भएको छ। बाढीले ल्हेंदे खोलाको मितेरी पुल बगाउँदा चीनको केरुङसँगको सडकमार्गबाट सिधा सम्बन्ध टुटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
