महानगरले ट्यांकर तथा दमकमबाट पानी ल्याएर वितरण गरिरहेको छ। यसरी खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान नहुने स्थानीय बताउँछन्।
वीरगन्ज– वीरगन्ज महानगरमा लामो समयदेखि जारी खानेपानी संकटको दीर्घकालीन समाधानमा महानगरवासीले जोड दिएका छन्।
खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुभन्दा तत्कालीन रूपमा केही दिन ट्यांकर तथा दमकमबाट पानी वितरण गर्नतर्फ मात्रै महानगरको ध्यान गएको उनीहरूको भनाइ छ। वीरगन्ज महानगरले ट्यांकर र पर्साको सखुवाप्रसौनी गाउँपालिकाले दमकलबाट पानी ओसारेर आपूर्ति गर्न थालेपछि सर्वसाधारणले दिगो समाधानमा जोड दिएका हुन्।
वीरगन्ज महानगरप्रमुख राजेशमान सिंह २०७९ सालको स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुँदा पनि वीरगन्जमा खानेपानीको समस्या समाधान गर्न लागिपर्ने घोषणा पनि गरेका थिए। उनको चुनावी सभामा पर्साका प्रतिनिधिसभाका सांसद तथा खानेपानीमन्त्री प्रदीप यादवले पनि खानेपानीको दीर्घकालीन समाधान गर्ने घोषणा गरेका थिए। नगरप्रमुखमा निर्वाचित भएको तीन वर्ष बित्दा पनि समस्या यथावत् छ।
वीरगन्ज महानगर–१३ श्रीपुरका कैफुल मियाँ खानेपानीको संकट समाधान गर्न महानगर अग्रसर नभएकामा खिन्न छन्। “चापाकलमा एक थोपा पनि पानी आउँदैन यस्तै हो भने हाम्रो उठिबास हुनेछ,” उनी भन्छन्।
नेपाल खानेपानी संस्थानका प्रमुख प्रवीणकुमार साहले महानगरको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्नेतर्फ ध्यान दिन जरुरी भएको बताए।
“यहाँको खानेपानी संकट चापाकल वा बोरिङ गरेर समाधान हुँदैन,” उनले भने, “ओभरहेड ट्यांकी निर्माणदेखि पाइपलाइन विस्तारसम्मका काम गर्न आवश्यक छ। खानेपानीको लाइन भएकै ठाउँमा टोलटोलमा बोरिङ गरेर पानी वितरण पनि भइरहेको छ। एकीकृत रूपमा आपूर्ति व्यवस्थित हुनुपर्छ।”
महानगरप्रमुख सिंह मंगलबार साँझ वडा नं ११ अन्तर्गत विद्यापति नगर, श्रीपुर, रानीघाटलगायत प्रभावित टोलमा ट्यांकर लिएर पुगेका थिए। “जहाँ समस्या छ, त्यहाँ समाधानको प्रयास गर्नेछौँ,” उनले भने, “पानीको समस्या ३२ वटै वडामा रहेको र सबै वडामा समान रूपमा पानी पुर्याउने गरी संयन्त्र बनाएका छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
