चेल्सी क्लब विश्वकपको फाइनलमा

फ्लुमिनेन्सलाई २–० ले हराउँदै चेल्सी उपाधिनजिक पुगेको छ। चेल्सीको जितमा दुवै गोल ब्राजिलियन खेलाडी ज्याओ पेड्रोले गरे।

काठमाडौँ– ब्राजिलियन क्लब फ्लुमिनेसलाई हराउँदै इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार राति मेटलाइफ स्टेडियममा भएको पहिलो सेमिफाइनलमा फ्लुमिनेन्सलाई २–० ले हराउँदै चेल्सी उपाधिनजिक पुगेको हो। 

चेल्सीको जितमा दुवै गोल ब्राजिलियन खेलाडी ज्याओ पेड्रोले गरे। पेड्रोले खेलको १८औँ र ५६औँ मिनेटमा गोल गरेका थिए।

पेड्रो गत हप्ता मात्रै ब्राइटनबाट चेल्सीमा अनुबन्ध भएका हुन्। 

चेल्सीले उपाधिका लागि रियल मड्रिड र पीएसजीबीचको विजेतासँग खेल्नेछ। रियल र पीएसजीबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ।