पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ नगरपालिका–१० दब्ल्याङस्थित कालीगण्डकी करिडोरमा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ।

फाइल तस्वीर।

ढोरपाटन– पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। मंगलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो। 

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो। केही स्थानमा सडक भासिएको छ।

वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने बताउँदै उनले पानी रोकिएपछि पहिरो पन्छाइने जानकारी दिए।