अमेरिकाको टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता

मध्य टेक्सासको ‘फ्ल्यास फ्लड एली’ भनेर चिनिने केर काउन्टीमा सबैभन्दा धेरै क्षति भएको छ। जहाँ कम्तीमा ९४ जनाको मृत्यु भएको छ।

तस्वीर: एएफपी।

अमेरिकाको टेक्सासमा विनाशकारी बाढीपछि १६० भन्दा बढी मानिस बेपत्ता भएका छन्। बाढीका कारण बेपत्ता हुनेहरूको संख्यामा नाटकीय वृद्धि भएको राज्यका गभर्नर ग्रेग एबटले बताएका छन्।

“केर काउन्टी क्षेत्रमा मात्रै १६१ जना बेपत्ता भएको खबर छ,” उनले भने, “त्यो सूचीमा अझ धेरै थप्न सकिने सम्भावना छ।” टेक्सासका केही काउन्टीमा अचानक बाढीमा मृत्यु हुनेको संख्या १०९ पुगेको छ। 

मध्य टेक्सासको ‘फ्ल्यास फ्लड एली’ भनेर चिनिने केर काउन्टीमा सबैभन्दा धेरै क्षति भएको छ। जहाँ कम्तीमा ९४ जनाको मृत्यु भएको छ।

यसमा कम्तीमा २७ छात्रा समावेश छन्। बाढी आउँदा उनीहरू गुआडालुपे नदीमा युवा समर क्याम्पमा बसिरहेका थिए। राज्यका अन्य ठाउँमा कम्तीमा १५ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ।

अमेरिकी राष्ट्रिय मौसम सेवाले न्यु मेक्सिकोको अल्बुकर्कबाट १८४ माइल दक्षिणमा रहेको सानो शहर रुइडोसोमा आकस्मिक बाढी आएपछि आपत्काल घोषणा गरेको छ।(रासस/एएफपी)