गत सोमबार र मंगलबार घटेर बन्द भएको शेयरबजार परिसूचक नेप्से बुधबार २२.०४ अंक बढेर २,७०५.९० को विन्दुमा पुगेको छ।
काठमाडाैँ– गत सोमबार र मंगलबार घटेर बन्द भएको शेयरबजार परिसूचक नेप्से बुधबार बढेको छ। आज नेप्से २२.०४ अंक बढेर २,७०५.९० को विन्दुमा पुगेको हो।
यस्तै, आज सेन्सेटिभ इन्डेक्स ४.७६ अंक तथा फ्लोट इन्डेक्स १.७६ अंकले बढेको छ। नेप्सेसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ।
मंगलबार साढे ६ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३१६ कम्पनीको १ करोड ५८ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ।
बरुण हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.२१ प्रतिशतले बढेको छ। यस्तै, पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य ४.२८ प्रतिशतले बढेको छ भने अन्य बढेका स्टकहरूको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम छ। ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ४.४१ प्रतिशत घटेको छ।
१३ उपसमूहमध्ये बुधबार ११ उपसमूहको परिसूचक बढ्दा २ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत बढेको छ। त्यस्तै, लगानी उपसमूहको परिसूचक १.३७ प्रतिशतभन्दा बढी बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.९५ प्रतिशत तथा लघुवित्त ०.८५ प्रतिशतले बढेको छ। वित्त र म्युचुअल फन्ड उपसमूहको परिसूचक सामान्य घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
