रियल मड्रिडलाई हराउँदै पीएसजी क्लब विश्वकपको फाइनलमा

रियल मड्रिडलाई ४–० ले हराउँदै पीएसजी फाइनलमा पुगेको हो। पीएसजीले अब उपाधिका लागि आइतबार राति चेल्सीसँग खेल्नेछ।

काठमाडौँ– पेरिस सेन्ट-जर्मेन (पीएसजी) फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ। दोस्रो सेमिफाइनलमा रियल मड्रिडलाई ४–० ले हराउँदै पीएसजी उपाधि नजिक पुगेको हो।

न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा पीएसजीलाई फाइनल पुर्‍याउन फाबियन रुइसले २ गोल तथा, ओस्मान डेम्बेले र रामोसले समान १ गोल गरे।

पीएसजीले उपाधिका लागि आइतबार राति चेल्सीसँग खेल्नेछ।