'म बाहिर निस्कने, मानिसहरूलाई भेट्ने वा साथी बनाउने हिम्मत गर्न सक्दिन। मेरो अनुहारमा हजारौं साना कमिलाहरू घस्रिरहेको जस्तो लाग्छ।'
काठमाडाैँ– राम्रो तथा आकर्षक देखिन अनुहारमा मेकअप गरिन्छ। तर त्यही मेकअपले उल्टै कुरूप बनाएपछि चीनकी एक महिलाको भिडियो यतिबेला सामाजिक सञ्जालमा छाएको छ।
चीनको उत्तरपूर्वि प्रान्त जिलिनकी एक ३७ वर्षीया महिलाले दुई दशकभन्दा लामो समयदेखि राम्रोसँग मेकअप नहटाएका कारण अनुहारमा गम्भीर दाग आएको खुलासा गरेपछि उनको तस्वीर तथा भिडियो भाइरल भएको हो। गाओको नामले चिनिने ती चिनियाँ महिलाले मेकअप लगाएपछि नियमित रूपमा आफ्नो अनुहार राम्ररी सफा गर्न अरूलाई चेतावनीको रूपमा आफ्नो कथा सामाजिक सञ्जालमा साझा गरेकी हुन्।
उनी आफैंले २२ वर्षसम्म मेकअपपछि राम्रोसँग अनुहार नधोएकाले गर्दा गम्भीर एलर्जी भएको साथै अनुहार सुन्निएको दाबी गरेकी छन्। उनी किशोरावस्थामै आफ्नी आमाको लिपस्टिकप्रति मोहित भइन् र १५ वर्षको उमेरदेखि नै मेकअप लगाउन थालिन्। यद्यपि, उनलाई एकपटक प्रयोग गरेको मेकअप हटाउन मन लाग्दैन थियो। अर्को दिन फेरि त्यही मेकअप लगाउने हो भने हटाउन किन झन्झट गर्ने भन्ने ठान्थिन्। साबुनपानीले राम्रोसँग धुने हो भने मेकअप गर्नुको औचित्य नै नहुने उनको विश्वास थियो। त्यसैले उनी सुत्नुअघि आफ्नो अनुहार पानीले मात्र हलुका पखाल्ने गर्थिन्। भोलिपल्ट थप मेकअप लगाउँथिन्।
उनी वर्षौंदेखि चायापोतोको समस्याले ग्रसित छिन्। उनको छाला भने यस वर्षको शुरूआततिर तुलनात्मक रूपमा राम्रो अवस्थामा थियो। त्यसयता भने उनको अनुहारमा गम्भीर एलर्जी देखियो, जसले गर्दा अनुहार सुन्नियो र चिन्नै नसकिने गरी विकृत भयो।
यस्तो समस्यापछि पनि उनी छाला विशेषज्ञलाई भेट्नुको सट्टा 'स्किन बुस्टर इंजेक्सन'को लागि मेडिकल एस्थेटिक्स क्लिनिकमा गइन्। उनको दाबीअनुसार त्यसले अवस्था झन् खराब भयो, उनको छालामा बैजनी रंग थपियो।
"चिलाउने काम असह्य छ। म हरेक दिन घरमै लुक्छु। म बाहिर निस्कने हिम्मत गर्दिन," सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा गाओले भनेकी छन्, "मेरो अनुहार पुरै चाउरी परेको र घिनलाग्दो छ। म बाहिर निस्कने, मानिसहरूलाई भेट्ने वा साथी बनाउने हिम्मत गर्न सक्दिन। मेरो अनुहारमा हजारौं साना कमिलाहरू घस्रिरहेको जस्तो लाग्छ।"
सामान्य परिवारमा हुर्किएकी गाओले कहिलेकाहीँ सस्तो फाउन्डेसन प्रयोग गर्थिन्, जसले उनको हालको अवस्था निम्त्याएको उनी शंका गर्छिन्। तर छाला विशेषज्ञहरू उनको अनुहार सफा गर्ने तरिका जतिसुकै कमजोर भए पनि मेकअपले यतिसम्म गर्न सक्छ भन्ने कुरामा शंका गर्छन्। कतिपयको विश्वास छ कि उनका लक्षणहरू 'रोसेसिया' र 'डर्मेटाइटिस' जस्ता अन्य धेरै कारणहरूले गर्दा भएको हुनसक्छ।
उनको यस समस्याबारे चिनियाँ माइक्रोब्लगिङ वेबसाइट वेइबोमा बहस सिर्जना गरेको छ।
"उचित सफाइबिना बाइस वर्ष बिताउनु पक्कै पनि नराम्रो हो, तर हामीले यहाँ जे देखिरहेका छौँ त्यो अझ जटिल छ," एक छाला विशेषज्ञले भने, "त्यहाँ कठोर उत्पादनहरूको मिश्रण, सम्भावित स्टेरोइड दुरुपयोग वा बारम्बार इंजेक्सनहरू समावेश हुन सक्छन्।"
गाओले विज्ञापन हेरेको भरमा र सस्तो पाएँ भन्दैमा कुनै पनि कस्मेटिक प्रयोग नगर्न सुझाव दिएकी छन्।
"फलानो कस्मेटिकले काम गर्छ भनेर कसैले दाबी गरेकै भरमा हरेक सौन्दर्य उत्पादनलाई आँखा चिम्लेर नखोज्नुहोस्, चाँडै निको पार्छ भनिएका विज्ञापनहरूमा झनै विश्वास नगर्नूस्," भिडियोमार्फत उनले सुझाव दिएकी छन्, "यदि कुनै कुराले तत्काल परिणाम दिन्छ भने, यसले सम्भवतः लक्षणहरूलाई दबाउने मात्र हो, तपाईंको छालालाई साँच्चै निको पार्ने होइन।"
साथै, उनी प्रक्रिया जतिसुकै कठिन देखिए पनि आफ्नो शरीरलाई प्राकृतिक रूपमा 'डिटोक्स' गर्न दिनुपर्ने बताउँछिन्।
–अडिटी सेन्ट्रल र साउथ चाइना पोष्टको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
